काठमाडौँ– प्रतिनिधिसभाको बैठक संसद् भवनमा सुरु भएको छ। बैठक सोमबार अपराह्न १: १० बजे सुरु भएको हो। बैठकको सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरीले भ्रष्टाचार गर्ने मन्त्रीहरूलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाए।
उनले भने, ‘गृहमन्त्री रमेश लेखक, भूमिसुधार मन्त्री बलराम अधिकारी र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि लागेका गम्भीर आरोपबारे किन छानबिन गरिएको छैन? उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्त कारबाही गरियोस्।’
प्रकाशित: ३० असार २०८२ १३:१४
प्रतिक्रिया