डायालाइसिस गर्न जाँदै गरेका बिरामीको स्कुटर दुर्घटनामा मृत्यु

हिमाल प्रेस ३० असार २०८२ १२:१६
24
SHARES
डायालाइसिस गर्न जाँदै गरेका बिरामीको स्कुटर दुर्घटनामा मृत्यु

बुटवल- बुटवल कालिकानगरमा सोमबार विहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाल्पाको पुर्वखोला गाउँपालिका–४ घर भई हाल बुटवल–१० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पूर्ण श्रेष्ठको मृत्यु भएको हो।

वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक विष्णुबहादुर बस्नेतका अनुसार मिर्गौलाका बिरामी श्रेष्ठ डायालाइसिस गराउन अस्पताल जाने क्रममा सोमबार विहान साढे ५ बजेतिर दुर्घटनामा परेका थिए।

लु १९ प २६९७ नम्बरको स्कुटरमा अस्पताल जाँदै गरेका श्रेष्ठ बुटवल १० कालिकानगरस्थित सर्भिसलेनमा रोकिराखेको ना.२ ह ७५३ नं.को अटोरिक्सा सँग ठोक्किएर दुर्घटनामा परेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।

प्रहरीले घटनास्थलमा स्कुटर र मृतक श्रेष्ठलाई मात्र पल्टिएको अवस्थामा फेला पारेपछि नजिकैको सिसिटिभी फुटेज हेर्दा अटोरिक्सासँग ठक्कर खाएर स्कुटर पल्टिएको भेटिएको थियो। त्यसपछि खोजी गर्दै जाँदा बुटवल उपमहानगरपालिका–२ मैनाबगरमा लुकाएको अवस्थामा अटोरिक्सा फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए।

प्रकाशित: ३० असार २०८२ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast