छाउगोठ नभत्काए १० हजार जरिबाना

हिमाल प्रेस २९ असार २०८२ २१:०३
42
SHARES
छाउगोठ नभत्काए १० हजार जरिबाना छाउगोठ भत्काउँदै स्थानीय महिलालगायत। तस्बिर- सागर रावल/हिमालप्रेस

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काए १० हजार जरिबाना गर्ने भएको छ। नगरपालिकाले १६ दिनभित्र छाउगोठ भत्काउन आज (आइतबार) सूचना जारी गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले सबै वडा कार्यालयलाई वडामा छाउगोठ निरीक्षण गरी पन्ध्र दिनभित्र भत्काउन भनेको जानकारी दिए।  शनिबार वडा नम्बर–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर मृत्यु भएपछि नगरपालिकाले उक्त निर्णय गरेको हो।

पक्की घर हुँदाहुँदै आउजी देउता रिसाउने अन्धविश्वासले घरको छेउमै बनाइएको छाउगोठमा बस्दै आएकी थिइन्। कृष्णपुर-१ का वडाध्यक्ष मोहनबहादुर बस्नेत भन्छन्, ‘धेरै छाउगोठ त हामीले भत्कायौँ, त्यो बेला अनेकौँ गाली खायौँ, झगडासमेत भयो। हामीले भत्काएर आएपछि पुनःछाउगोठ बनाइहाले।’

प्रकाशित: २९ असार २०८२ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast