छाउपडी देशकै कलंक : सांसद सिंह

हिमाल प्रेस २९ असार २०८२ १४:१५
14
SHARES
छाउपडी देशकै कलंक : सांसद सिंह

काठमाडौँ- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कञ्चनपुरमा छाउगोठमा राखिएकी महिलाको सर्पदंशबाट मृत्यु भएपछि छाउपडी प्रथा अन्त्य माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला दमाईको छाउगोठमा सुतिरहेका बेला सर्पको टोकाइबाट मृत्यु भएको घटना अत्यन्त दुःखद् र लज्जास्पद भएको बताए।

‘मुलुकी अपराध संहिता २०७४ मा छाउपडी प्रथा गैरकानुनी छ,’ उनले भने, ‘तर अझै पनि सुदूरपश्चिममा महिलाहरूलाई छाउगोठमा राख्नुपर्ने अवस्था छ भने तीनै तहका सरकार के गरिरहेका छन्?’

सांसद सिंहले छाउपडी प्रथालाई ‘राष्ट्रिय कलंक’ को रूपमा व्याख्या गर्दै यसमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग गरे। ‘जसले यस्तो काम गरेका छन्, तिनीहरूलाई कारबाहीको दायरामा ल्याइएन भने यो लोकतन्त्रमाथिको चोट हो,’ उनले भने।

गत शनिबार महिनावारीको समयमा छाउगोठमा बसेकी कमलालाई सर्पले डसेको थियो। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

प्रकाशित: २९ असार २०८२ १४:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast