काठमाडौँबाट दाङ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना, २९ घाइते

हिमाल प्रेस २९ असार २०८२ ९:३२
12
SHARES
काठमाडौँबाट दाङ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना, २९ घाइते

काठमाडौँ- काठमाडौँबाट दाङ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार काठमाडौँदेखि दाङ आउँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिंगेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो।

लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको उनले बताए। गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक चुदांलीको भनाइ छ।

प्रकाशित: २९ असार २०८२ ९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast