साफ यू २० महिला च्याम्पियनसिप : घरेलु टिम बंगलादेशसँग भिड्दै नेपाली टोली

हिमाल प्रेस २९ असार २०८२ ९:०७
14
SHARES
साफ यू २० महिला च्याम्पियनसिप : घरेलु टिम बंगलादेशसँग भिड्दै नेपाली टोली

काठमाडौँ- साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार ६:४५ मा बसुन्धरा किंग्स एरिनामा सुरु हुनेछ।

साविक विजेता रहेको बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। २०२३ मा नेपाल र बंगलादेशले यो फर्म्याटको प्रतियोगितामा खेलेका थिए। जसमा लिग चरणको खेलमा नेपाल ३-१ ले पराजित भएको थियो। फाइनल खेलमा नेपाल बंगलादेशसँग ३-० को हार बेहोर्दै घर फर्किएको थियो।

सिनियर टिमका खेलाडीले भरिपूर्ण रहेको हालको यू २० बंगलादेशी टिम प्रतिस्पर्धाको बलियो टिमको रुपमा हेरिएको छ ।

बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९-१ ले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हरायो। नेपालका लागि पहिलो खेलमा पूर्णिमा राईले ह्याट्रिक सहित चार गोल गरेकी थिइन्। त्यस्तै सेनु परियारले २ गोल गरिन्।

डबल राउन्ड रोबिनमा भएको जारी प्रतियोगितामा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने टिमले नै उपाधि जित्नेछ।

प्रकाशित: २९ असार २०८२ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast