बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

हिमाल प्रेस २८ असार २०८२ १९:५०
14
SHARES
बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ– बाढी र पहिरोका कारण शनिबार देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा सडक अवरुद्ध भएका हुन्।

पहिराले अवरुद्ध भएका अन्य चार सडक एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।

रोल्पा र गुल्मी जोड्ने सहिद राजमार्ग, कालीगण्डकी करिडोरका साथै खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा सवारी साधन सञ्चालन भएका हुन्।

प्रकाशित: २८ असार २०८२ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast