सशस्त्र प्रहरीले बरामद गर्‍यो साढे ९ लाखका भन्सार छलीका कपडा

हिमाल प्रेस २७ असार २०८२ २१:३९
10
SHARES
सशस्त्र प्रहरीले बरामद गर्‍यो साढे ९ लाखका भन्सार छलीका कपडा फाइल तस्बिर।

वीरगञ्ज (पर्सा)-  सशस्त्र प्रहरी बल पर्साले आज भन्सार छली गरेर ल्याएको नौ लाख ४७ हजार छ सय २५ मूल्य पर्ने लत्ताकपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले वीरगञ्ज महानगर-१० स्थित टाउनहलबाट बिकेएस इम्पेक्समा भारतबाट अवैध रूपमा ल्याएर भण्डारण गरेको कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले टाउनहलस्थित विकेस इम्पेक्सको गोदामबाट भन्सार छली गरेर ल्याएको ६ लाख ५९ हजार ७०० मूल्यका कपडा बरामद गरेर भन्सार कार्यालयमा बुझाएको जानकारी दिए।

त्यसै गरी सशस्त्र प्रहरीले आजै आर्दशनगर र छप्कैयाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको दुई लाख ७९ हजार १०५ मूल्यका कपडा र किरानाका सामान बरामद गरेको भन्सार कार्यालयमा बुझाएको छ।

प्रकाशित: २७ असार २०८२ २१:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast