
काठमाडौँ- बंगलादेशमा जारी साफ महिला यू-२० च्याम्पियनसिपमा नेपालले पहिलो खेलमै जित निकालेको छ। नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको हो।
नेपालका लागि पूर्णिमा राईले ४ गोल गरिन् भने सोनु परियारले २ गोल गरिन्।
भुटानका लागि केल्देन वाङ्मोले एक गोल फर्काएकी थिइन्। नेपालले दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ। च्याम्पियनसिपमा नेपालसहित भुटान, बंगलादेश र श्रीलंका गरी चार टोली सहभागी छन्।
प्रकाशित: २७ असार २०८२ २१:०९
प्रतिक्रिया