
काठमाडौँ – ‘वर्ल्ड अफ डान्स नेपाल’ सिजन–१ का विजयी तीन टिम नेपाललाई प्रतिनिधित्व गर्दै ‘वर्ल्ड सुप्रेमेसी ब्याटलग्राउन्ड २०२५’ मा भाग लिन दुबई पुगेका छन्।
प्रतियोगितामा विश्वस्तरको च्याम्पियनसिपमा संसारभरबाट ५० टिम प्रतिस्पर्धा गर्दैछन्।
टिममा अमेरिका, जर्मनी, नेपाल, यूएई, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, जिम्बाबे, भारतलगायतका मुलुकहरू छन्।
नेपालका लागि विश्वस्तरमा भएको खुला डान्स च्याम्पियनसिपमा देशलाई प्रतिनिधित्व गर्दै भाग लिएको यो पहिलोपटक भएको टिमले जनाएको छ। नेपाली टोलीलाई निर्देशक रोशन गहतराज र वल्र्ड अफ डान्स नेपालका क्रिएटिभ निर्देशक जेडी तमूले नेतृत्व गरिरहेका छन्।
यो प्रतिस्पर्धा नेपालको नृत्य क्षेत्रमा विश्वस्तरको सम्बन्ध तथा कलाकारले अनुभव बटुल्न सक्ने निर्देशक तमूले बताए।