रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो, ८६२ जनाको उद्धार

हिमाल प्रेस २७ असार २०८२ १८:२८
12
SHARES
रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो, ८६२ जनाको उद्धार

काठमाडौँ- माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा मंगलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन्।

यसअघि ९ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको संख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ। उनीहरूलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको उनले बताए। अहिलेसम्म एक जनाको शव सनाखत भएको र अन्य शवहरूको सनाखत हुन सकेको छैन। कतिपयको चिन्न नसक्ने अवस्थाको र कतिपय मानव अंगमात्र फेला पारिएको छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन्। उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको तर अरूको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन। शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

उक्त बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। बेपत्ताहरूको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ।

उक्त बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो। यस्तै २४ वटा कन्टेनर, छवटा ट्रक र ४२ वटा ईभी गाडी बगाएको छ। धुन्चेबाट टिमुरे जाने सडकमा ठूलो क्षति पुगेको छ। रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ।

यहाँ माथिलो जथाधार क्षेत्रमा रहेको हिमताल विष्फोटबाट बाढी आएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ। रासस

प्रकाशित: २७ असार २०८२ १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast