हुप्सेकोट गाउँपालिकामा बाघको आक्रमणबाट एक घाइते

हिमाल प्रेस २७ असार २०८२ १३:३०
22
SHARES
हुप्सेकोट गाउँपालिकामा बाघको आक्रमणबाट एक घाइते फाइल तस्बिर।

नवलपरासी- नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) को हुप्सेकोट गाउँपालिकामा आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। हुप्सेकोट-१ बेलुवाका ३८ वर्षीय दीपेन्द्र शर्पुञ्जालाई करिब ७ बजे बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले स्थानीय त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा दीपेन्द्रलाई बाघले आक्रमण गरेको जानकारी दिए।

उनका अनुसार बाघको आक्रमणबाट घाइते दीपेन्द्रको दाहिने हातको पाखुरा, छातीको दाहिने भाग र ढाडमा चोट लागेको छ।

बाघको आक्रमणबाट घाइते भएका दीपेन्द्रको उद्धार गरी कावासोतीको डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको नेपालले जानकारी दिए।

प्रकाशित: २७ असार २०८२ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast