रियल टाइम बक्स अफिस एप सञ्चालनमा

हिमाल प्रेस २६ असार २०८२ १६:५१
8
SHARES
रियल टाइम बक्स अफिस एप सञ्चालनमा

काठमाडौँ- नेपाली फिल्मको व्यापारको आँकडामा हुने गरेको विवादलाई न्यूनिकरण गर्न चलचित्र विकास बोर्डले रियल टाइम बक्स अफिस एप सञ्चालनमा ल्याएको छ।

उक्त एपको नाम बक्स अफिस @ सिनेपाः’ राखिएको छ। जुन प्लेस्टोर एपमार्फत डाउलोड गर्न सकिनेछ। यो सुविधा फिल्म प्रदर्शक, निर्माता र वितरकले लिन पाउनेछन्।

फेसबुकमा स्टाटर लेख्दै बोर्डका अध्यक्ष दिनेश डिसीले एपको लोगो सार्वजनिक गरेका छन्। उनले प्रदर्शक, निर्माता र वितरकले आफ्नो फिल्मको व्यापारको विवरण तत्कालै मोबाइल वा कम्प्युटरबाट हेर्न सक्ने जनाएका छन्।

उनले लेखेका छन्, ‘नेपाली फिल्म क्षेत्रमा वर्षौंदेखि वितरक, प्रदर्शक, निर्माता, दर्शक र सरकार समेत चलचित्रको वास्तविक कमाइमा भ्रमित रहेको अवस्थाको अब अन्त्य भएको छ। रियल टाइम संयुक्त रिपोर्ट अब सम्वन्धितले ‘बक्स अफिस @ सिनेपाः’ मार्फत जहाँ जहिले जतिखेर पनि आफ्नो कम्पुटर, ल्याप टप वा मोबाइलमा हेर्न सकिने भएको छ।’

विकास बोर्डले केही दिनअघि एक सुचनामार्फत नेपाल चलचित्र संघ र चलचित्र हलहरूलाई वास्तविक बक्स अफिस तथ्यांक पेश गर्न अनुरोध गरेको थियो।

प्रकाशित: २६ असार २०८२ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast