सामूहिक ‘श्रीशिवमहिम्नःस्तोत्र’ पाठ कार्यक्रम सम्पन्न

हिमाल प्रेस २६ असार २०८२ १२:४६
120
SHARES
सामूहिक ‘श्रीशिवमहिम्नःस्तोत्र’ पाठ कार्यक्रम सम्पन्न

काठमाडौँ– घरघरमा गुरुकुल अभियानद्वारा सञ्चालित त्रिशक्ति एकादशी संस्कृति समाजद्वारा समायोजित सामूहिक ‘श्रीशिवमहिम्नःस्तोत्र’ पाठ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ब्रह्मलीन सन्तशिरोमणि परमपूज्य गुरुवर श्री १००८ डा‍. स्वामी रामानन्द गिरिजी महाराजको आठौँ निर्वाण महोत्सवको पावन अवसरमा आयोजना गरिएको हो।

त्रिशक्ति एकादशी संस्कृति समाजका अध्यक्ष रीता पाण्डेको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको प्रमुख आतिथ्य महेश संन्यास आश्रम देवघाटधामका पीठाधीश परमपूज्य श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजले गरेका थिए।

त्रिशक्ति एकादशी संस्कृति समाजका केन्द्रीय सदस्य उपप्राध्यापक उमेश चालिसे उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए। घरघरमा गुरुकुल अभियानअन्तर्गत अध्यापनरत, अध्ययनरत दुई सयभन्दा बढी प्रशिक्षक र प्रशिक्षार्थीले श्रीशिवमहिम्नःस्तोत्रको सामूहिक पाठ गरेका थिए भने पाठपारायणको नेतृत्व एवम् सहजीकरण रामेश्वरी ढुंगाना, तुलसा त्रिपाठी र लक्ष्मी खकुरेलले गरेका थिए।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तथा महेश संस्कृत गुरुकुल विद्यापीठ देवघाटका प्राचार्य कमल सुवेदीले शिवमहिम्नःस्तोत्रको रहस्य प्रकाशित गर्दै हरेक गृहस्थीले श्रीविष्णुसहस्रनाम र श्रीशिवमहिम्नःस्तोत्रको नियमित पाठ पारायण गर्नुपर्ने भाव व्यक्त गरे।

महेश संन्यास आश्रम सञ्चालक समितिका सदस्यसचिव रामप्रसाद भण्डारीले सच्चा भक्तको महिमामाथि प्रकाश पारेका थिए भने प्राध्यापक भवानीप्रसाद खतिवडाले यशस्वी आचार्य कपिलदेव सुवेदीले सञ्चालन गर्नुभएको गुरुकुल प्रवर्धन समाज, घरघरमा गुरुकुल अभियान र त्रिशक्ति एकादशी संस्कृति समाजजस्तो अभियानको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

घरघरमा गुरुकुल अभियानका सञ्चालक तथा परिकल्पनाकार यशस्वी आचार्य कपिलदेव सुवेदीले अभियानको उद्देश्य प्रातःकालको करदर्शनदेखि लिएर जीवनको परमलक्ष्य ब्रह्मदर्शनसम्म रहेको उद्घोष गरे।

कार्यक्रमका प्रमुख अतिथि परमपूज्य श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजले पाशुपतक्षेत्रको महत्त्व र भगवान् श्करको अष्टमूर्तिको दार्शनिक रहस्यमाथि प्रकाश पारेका थिए। उनले त्रिशक्ति एकादशी संस्कृति समाजद्वारा आयोजना गरिने यस्ता महत्त्वपूर्ण कार्यक्रमले संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धनमा विशेष भूमिका निर्वाह गर्ने बताए।

कार्यक्रमको सहजीकरण संस्थाकी सचिव जान्दवी ढकालले गरेकी थिइन्। कार्यक्रमकी सभापति तथा त्रिशक्ति एकादशी संस्कृति समाजकी अध्यक्ष रीता पाण्डेले श्रीशिवमहिम्नःस्तोत्रको आवश्यकता एवम् महत्त्वमाथि प्रकाश पार्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेर सभा विसर्जन गरेकी थिइन्।

त्रिशक्ति एकादशी संस्कृति समाजका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक मायानाथ सिलवालले कार्यक्रममा ३५० जनाभन्दा बढी श्रद्धालुको उपस्थिति रहेको जानकारी दिए।

प्रकाशित: २६ असार २०८२ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast