
काठमाडौँ- सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत ‘लाली पाउडर लाया’ सार्वजनिक भएको छ।
गीत रोशन टमट्टा र संगीत बडुवालले गाएका छन्। लोकशैलीमा आधारित गीत समसामयिक सन्देश बोकेको छ। गायिका बडुवालकै शब्द र संगीत रहेको गीतमा दीपक संगम बिसीको संगीत संयोजन छ।
भिडियोमा दीपक संगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी र मीना बडुवालले अभिनय गरेका छन्।
मिराजविक्रम सिंहको निर्देशन र कोरियोग्राफीमा बनेको गीतको भिडियो अमित बिकेकाे छायांकन र राजेश बोहराकाे सम्पादनमा बनेकाे छ। भिडियाे गायक रोशन टमट्टाको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएकाे छ।
यस्तो छ गीत
https://www.youtube.com/watch?v=7AXLmpJxKcI
प्रकाशित: २६ असार २०८२ १२:४१
प्रतिक्रिया