फरक क्षमता भएका व्यक्तिका लागि प्रशिक्षण केन्द्र र नमुना विद्यालय आवश्यक : मुख्यमन्त्री  सिंह

हिमाल प्रेस २६ असार २०८२ १०:५४
20
SHARES
फरक क्षमता भएका व्यक्तिका लागि प्रशिक्षण केन्द्र र नमुना विद्यालय आवश्यक : मुख्यमन्त्री  सिंह मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह। तस्बिर : रासस

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फरक क्षमता भएका व्यक्तिको शिक्षा तथा रोजगारीका लागि सीपमूलक प्रशिक्षण केन्द्र र सुविधासम्पन्न नमुना विद्यालय आवश्यक रहेको बताएका छन्।

बुधबार जनकपुरधाममा आयोजित ‘अपांगता, जलवायु परिवर्तन र जीविकोपार्जन सम्मेलन-२०८२’ मा उनले स्थानीय र प्रदेश सरकार मिलेर यस्ता संस्थामा लगानी गर्नुपर्ने बताए।

मुख्यमन्त्री सिंहले पछिल्लो समयमा जलवायु परिवर्तका कारण फरक क्षमता भएका व्यक्तिहरू बढी जोखिममा रहेको भन्दै जोखिम न्यूनीकरण र अनुकूलन क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले फरक क्षमता भएका व्यक्तिको वर्गीकरण गरी उपमहानगरपालिकाबाट काम भइरहेको र यस क्षेत्रमा अन्य संस्थाले गरेका काम पनि सराहनीय रहेका बताए।

प्रकाशित: २६ असार २०८२ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast