
तनहुँ- शुक्लागण्डकी नगरपालिका-११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब आठ लाख बराबरको क्षति भएको छ।
आगलागीबाट सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए।
आगोले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिज नष्ट भएका छन्।
प्रकाशित: २६ असार २०८२ १०:२१
प्रतिक्रिया