सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस २५ असार २०८२ १९:३५
26
SHARES
सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह फाइल तस्बिर

उदयपुर– जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

बुधबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो।

वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ।

यस्तो अवस्थामा अति आवश्यक नपरी हिँडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मुल सडक, सहायक सडक मार्गमा सवारी साधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ।

प्रकाशित: २५ असार २०८२ १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast