नदीको बीच टापुमा फसेका ६ जनाको उद्धार

हिमाल प्रेस २५ असार २०८२ १९:१४
18
SHARES
नदीको बीच टापुमा फसेका ६ जनाको उद्धार प्रतीकात्मक तस्बिर।

कैलाली- कैलालीको गोदावरी नगरपालिका-४ स्थित गोदावरी नदीको बीच टापुमा फसेका ६ जनालाई प्रहरी आज (बुधबार) सकुशल उद्धार गरेको छ।

नदीको बीच टापुमा फसेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का पल्लु सार्की, भागेश्वभरी सार्की, योगेश सार्की, बिकट सार्की, वीर सार्की र बेदकोट नगरपालिका–७ का अब्दुल सार्कीलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोसीले जानकारी दिए।

उनका अनुसार टापुमा श्राद्ध गर्न गएका उनीहरू मुसलधारे पानीको कारण गोदावरी नदीको वरिपरिबाट पानीको सतह बढ्न गई उक्त टापुबाट आउन नसकी फसेका थिए। रासस

प्रकाशित: २५ असार २०८२ १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast