‘भोटेकोशीमा आएको बाढी अत्यधिक वर्षाले होइन, कारण अर्कै छ’

हिमाल प्रेस २५ असार २०८२ १८:३१
118
SHARES
‘भोटेकोशीमा आएको बाढी अत्यधिक वर्षाले होइन, कारण अर्कै छ’

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल निर्माण गरी आवागमन सुचारु गर्न चीनसँग समन्वय गर्ने जनाएको छ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा प्राधिकरणका कार्यकारी निर्देशक दिनेशप्रसाद भट्टले पुल र चीनतर्फको बाटो पुन: निर्माण गरी केरुङ नाका सुचारु गर्न चीनसँग समन्वय गर्ने निर्णय भएको जनाए।

उनले बाढीका कारण बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाइएको जानकारी दिए। बाढीका परी ९ जनाको शव फेला परेको र १९ जना बेपत्ता रहेको उनले बताए।

भट्टले रसुवागढी क्षेत्रमा मात्रै ३८३ सुरक्षाकर्मी परिचालन गरी ५७ जनाको तत्कालै उद्धार गरिएको जिकिर गरे। बाढीले २४ वटा कन्टेनर, ३५ वटा विद्युतीय गाडी, ६ वटा ट्रक बगाएको उनले जानकारी दिए।

उनले भोटेकोशी नदीमा अत्यधिक वर्षा भएर नभई अन्य कारण नै बाढी आएको देखिएको भन्दै थप अध्ययन भइरहेको बताए।

प्रकाशित: २५ असार २०८२ १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast