
चितवनको भरतपुरबाट बुधबार दिउँसोतिर देखिएको सूर्य वलय। आज (बुधबार) चितवनलगायत देशका विभिन्न ठाउँबाट सूर्य वरिपरि गोलो घेरा वा रिङजस्तो दृश्य देखिएको थियो। आकाशको माथिल्लो भागमा रहेका ससाना बरफका क्रिस्टलहरूमा सूर्यको किरण अपवर्तित हुँदा वलय बन्छ। सूर्य वलय देखिनु मौसम परिवर्तनको संकेत मानिन्छ। तस्बिरः सनद अधिकारी/रासस
प्रकाशित: २५ असार २०८२ १८:०१
प्रतिक्रिया