भारतको गुजरातमा पुल दुर्घटनामा ९ जनाको मृत्यु

हिमाल प्रेस २५ असार २०८२ १५:४५
10
SHARES
भारतको गुजरातमा पुल दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौँ- भारतको गुजरात राज्यमा आणन्द र पादरालाई जोड्ने पुलको बीचको भाग भत्किँदा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गरेका छन्।

मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘गुजरातको बडोदरा जिल्लामा एक पुल भत्किँदा भएको जनहानि अत्यन्तै दुखद छ। जसले आफ्ना प्रियजन गुमाएका छन्, ती सबैप्रति मेरो समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

बडोदराका प्रहरी प्रमुख रोहन आनन्दले ९ जनाको ज्यान गएको र ९ जनाको सकुशल उद्धार गरिएको बताएका छन्।

बडोदार जिल्लाको बाहिरी क्षेत्र हुँदै बग्ने मही नदीमाथिको पुल अचानक भत्किएपछि र्दुघटना भएको सञ्चारमाध्यमहरूले जनाएका छन्। पुल भत्किएपछि धेरै सवारीसाधन नदीमा खसेका थिए।

सडक तथा भवन विभागका प्रमुख इन्जिनियर सीपी पटेलले यो पुल सन् १९८५ मा बनेको बताएका छन्। पुल भत्किनुको कारणबारे जाँच भइरहेको उनले उल्लेख गरेका छन्।

प्रकाशित: २५ असार २०८२ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast