पहिरोले स्याङ्जा पर्वत जोड्ने भुम्रे-हातेमालोचोक सडक अवरुद्ध

हिमाल प्रेस २५ असार २०८२ १५:३३
14
SHARES
पहिरोले स्याङ्जा पर्वत जोड्ने भुम्रे-हातेमालोचोक सडक अवरुद्ध प्रतिनिधिमूलक तस्बिर।

स्याङ्जा- स्याङ्जा र दक्षिण पर्वतलाई जोड्ने भुम्रे-हातेमालोचोक सडक पहिरोका कारण अवरुद्ध भएको छ।

गए रातिदेखि परेको वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका-१४ डुम्रेभञ्ज्याङ नजिकै सडकमाथिबाट ढुंगासहित आएको पहिरोले सडक अवरुद्ध भएको वालिङ १४ का वडाध्यक्ष बोधराज कुँवरले जानकारी दिए।

पहिरोका कारण उक्त सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन्। वर्षा भइरहेको र सडकमाथिबाट ढुंगासहितको पहिरो खस्नेक्रम निरन्तर भइरहेको छ। सडक खुलाउनका लागि डोजर मगाइएको उनले बताए।

सडक खुलाउन गर्न केही समय लाग्ने भएकाले तत्काललाई विकल्पको रुपमा डुम्रेभञ्ज्याङ-ढिकीडाँडा-तमादी सडक प्रयोग गर्न पनि उनले सुझाव दिए। भुम्रे-हातेमालोचोक सडकको यस ठाउँमा विशेष गरी वर्षाका समयमा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ।

दक्षिण पर्वतलाई सिद्धार्थ राजमार्गसँग जोड्ने सडकको रुपमा रहेको भुम्रे-हातेमालोचोक सडकमा दैनिक सयौँ यात्रुवाहक तथा मालवाहक सवारीसाधन सञ्चालन हुने गरेका छन्।

प्रकाशित: २५ असार २०८२ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast