रास्वपाकी सोवितालाई एमालेकी सुनिताले भनिन्- संसद्‌मा हेक्का पुर्‍याएर बोल्नुस्

हिमाल प्रेस २५ असार २०८२ १४:११
32
SHARES
रास्वपाकी सोवितालाई एमालेकी सुनिताले भनिन्- संसद्‌मा हेक्का पुर्‍याएर बोल्नुस्

काठमाडौँ- सत्तारूढ दल नेकपा एमालेकी सचेतक सुनिता बरालले संसद्लाई अफवाह फैलाउने र आधारहीन टिप्पणी गर्ने मञ्च बनाइनु नहुने बताएकी छिन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बरालले तथ्यका आधारमा मात्र बोल्नुपर्ने धारणा राखेकी हुन्।

बरालले भनिन्, ‘तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री कुनै एक दलको मात्र होइन, राष्ट्रको कार्यकारी प्रमुखको रूपमा विदेश भ्रमणमा जानुभएको हो। भाषाको ज्ञान र परिभाषा आवश्यक छ भने सिकाउन हामी तयार छौँ, तर हेक्का पुर्‍याएर बोल्नुस्।’

प्रकाशित: २५ असार २०८२ १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast