आजको विद्यार्थी, भोलिको नेतृत्व तयार पार्दै साउथवेस्टन

हिमाल प्रेस २५ असार २०८२ ११:२९
66
SHARES
आजको विद्यार्थी, भोलिको नेतृत्व तयार पार्दै साउथवेस्टन

एसईईपछि गुणस्तरीय शिक्षाका लागि उपयुक्त शैक्षिक संस्था छान्नु विद्यार्थी तथा अभिभावकका लागि ठूलो चुनौती बन्ने गरेको छ। अभिभावकको चाहना र विद्यार्थीको योग्यता एवं क्षमताको समुचित मूल्यांकन गरी अध्यापन गराउने संस्था नेपालमा सहजै पाउन कठिन छ।

यस्तो परिस्थितिमा काठमाडौँको वसुन्धारामा अवस्थित साउथवेस्टन स्टेट कलेज एसईईपछिको शिक्षाका लागि आकर्षक र पूर्ण शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ। व्यवस्थापन विज्ञ र अनुभवी शिक्षाविद्हरूको नेतृत्वमा सञ्चालित यस कलेजले ISO QMS प्राप्त गरेको छ, जसले यहाँको शैक्षिक गुणस्तरप्रति गहिरो भरोसा दिलाउँछ।

‘उच्चस्तरीय शिक्षाका लागि भौँतारिनु नपरोस्’ भन्ने मूल ध्येयसहित सञ्चालित यो संस्था विद्यार्थीको शैक्षिक, मनोवैज्ञानिक र व्यक्तिगत विकासलाई एकसाथ अघि बढाउने लक्ष्यमा समर्पित छ। परम्परागत शिक्षा पद्धतिभन्दा पृथक दृष्टिकोणमा आधारित कलेजले अभिभावक तथा विद्यार्थीको मन जित्न सफल भएको छ।

कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुँदै आएको छ। यहाँका कक्षाकोठा पूर्ण रूपमा डिजिटल तथा प्रविधिमैत्री छन्, जसले शिक्षण सिकाइलाई प्रभावकारी बनाएको छ। कलेजले शिक्षण प्रक्रिया सुधार गर्न कक्षाकोठा नै डिजिटाइज्ड फर्ममा रूपान्तरण गरेको छ।

भौतिक पूर्वाधार सुदृढ बनाइएको यस कलेजमा विद्यार्थीका लागि एसीयुक्त कक्षा, कम्प्युटर ल्याब, फिजिक्स, केमेस्ट्री, बायोलोजी ल्याब, एचएम ल्याब, आइडिया ल्याबलगायतका पूर्वाधार उपलब्ध छन्। विद्यार्थीलाई पाठ्यक्रमभन्दा पनि बढी प्रयोगात्मक सिकाइमा संलग्न गराइन्छ। विद्यार्थीले एकअर्काको गृहकार्य क्रस चेकिङ गरेर आन्तरिक मूल्यांकन तथा रचनात्मक सोचको आदानप्रदान गर्न पाउँछन्।

कलेजले मनोवैज्ञानिक तथा सामाजिक विकासमा समेत विशेष ध्यान दिएको छ। विद्यार्थीका लागि साइको-सोसियल डेभलपमेन्ट तथा पर्सनालिटी डेभलपमेन्टमा केन्द्रित ‘Happy Mind’ कार्यक्रम अन्तर्राष्ट्रिय विशेषज्ञ तथा संस्थामार्फत सञ्चालन हुँदै आएको छ। अभिभावक, शिक्षक र विद्यार्थीले यी कार्यक्रमलाई उपयोगी मानेका छन्।

विद्यार्थी भर्नापछि उनीहरूको सिकाइ शैली, मनोवैज्ञानिक अवस्था र शैक्षिक क्षमता परीक्षण गरी सोहीअनुसार अध्यापन गरिन्छ। कलेजले अभिभावकका लागि अभिभावकीय भूमिकासम्बन्धी तालिम, शिक्षक–कर्मचारीका लागि तनाव व्यवस्थापन तालिम र विद्यार्थीका लागि अध्ययन बानी तथा करियर काउन्सिलिङ कार्यक्रम नियमित सञ्चालन गर्दै आएको छ।

विद्यार्थीको चौतर्फी विकासलाई लक्ष्य राख्दै कलेजले विज्ञान तथा आईटी प्रदर्शनी, खेलकुद, वक्तृत्वकला, ओलम्पियाड, मिनी संसद् जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यी गतिविधिहरूले नेतृत्व, वैचारिक क्षमता र रचनात्मकता अभिवृद्धि गर्ने काम गरेका छन्।

कलेजमा कक्षा ११ देखि नै प्रिइन्जिनियरिङ, प्रिमेडिकल, सिम्याट, कुम्याट तयारी कक्षाहरू सञ्चालित छन्। साथै, त्रैमासिक मूल्यांकनमा पनि यिनै आधारमा परीक्षा लिइन्छ, जसले विद्यार्थीलाई प्रतिस्पर्धी परीक्षामा सक्षम बनाउँछ।

कलेजले छात्रवृत्ति योजनामा समान अवसर उपलब्ध गराएको छ। यहाँ प्रवेश परीक्षा दिएका र अध्ययन गर्ने इच्छा राख्ने विद्यार्थीलाई आर्थिक कारणले पढाइबाट वञ्चित हुनुपरेको छैन। न्यूनतम शुल्कमा उच्चतम गुणस्तरीय शैक्षिक तथा भौतिक सुविधा दिइने यो संस्था गुणस्तरीय शिक्षाको पर्याय बन्दै गएको छ।

प्रकाशित: २५ असार २०८२ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast