भूमि विधेयकप्रति विश्वप्रकाश शर्माको असहमति

हिमाल प्रेस २५ असार २०८२ ८:५१
20
SHARES
भूमि विधेयकप्रति विश्वप्रकाश शर्माको असहमति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकमा असहमति जनाएका छन्। आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा परेको विधेयक हटाउनुपर्ने माग उनले अघि सारेका छन्।

महामन्त्री शर्माले विधेयक संशोधन हुनुपर्ने, त्यसमा सहमति जुटाउनुपर्ने खाँचो औंल्याउँदै सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत गर्न लागेको भन्दै आपत्ति जनाएका छन्। पूर्व सहमति खोज्न या यसलाई छलफलका लागि समितिमा पठाउन पनि उनले माग गरेका छन्।

‘भूमिसम्बन्धि केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरूरी छ। पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत हुन लागेकोमा खुला विमति छ। लटरपट नगरौं, पूर्व सहमति खोजौं कि समितिमा पठाऊँ। अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस्- भूमि विधेयक,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast