रातभरको वर्षाले काठमाडौँका यी खोलामा छ जोखिम

हिमाल प्रेस २५ असार २०८२ ७:००
22
SHARES
रातभरको वर्षाले काठमाडौँका यी खोलामा छ जोखिम काठमाडौँ टोखा नगरपालिका– ९ स्थित नयाँ बसपार्क छेउमा देखिएको विष्णुमती नदीको जल सतह। तस्बिर : रासस

काठमाडौँ- रातभरको वर्षाले उपत्यकाभित्रका खोला बढेर जोखिम निम्त्याउने अवस्थामा छन्। खोलामा आएको बाढीले विनास गर्न सक्ने भन्दै नेपाल बाढी सूचनाले सचेत गराइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विष्णुमतीको गोंगबु र बागमतीको गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ।

नदीमा बढ्दो बहावले तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुलाई सतर्कता रहन अनुरोध गरिएको छ।

मनोहरा (बालकुमारी) जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाउन अनुरोध गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बल्खु खोला(बलम्बु) जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित: २५ असार २०८२ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast