अमेरिकाको टेक्सस रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

हिमाल प्रेस २४ असार २०८२ १९:३८
2
SHARE
अमेरिकाको टेक्सस रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्ससमा रहेका नेपाललाई सतर्क रहन आग्रह गरेका छन्।

आज (मंगलबार) सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले टेक्ससमा बाढी आएकाले बसोबास गर्ने नेपालीलाई सतर्क रहन आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीले टेक्सासमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको ज्यान गएको र ती ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

‘अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ। त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ। टेक्सासको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु। त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले लेखेका छन्।

प्रकाशित: २४ असार २०८२ १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast