भोटेकोशीमा बाढी : २४० मेगावाट विद्युत् उत्पादन बन्द

हिमाल प्रेस २४ असार २०८२ १८:२५
24
SHARES
भोटेकोशीमा बाढी : २४० मेगावाट विद्युत् उत्पादन बन्द बाढीले क्षति पुर्‍याएको रसुवागढी हाइड्रोपावरको क्याम्प।

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीका कारण २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको जनाएको छ।

आफ्नो सय दिनको कार्यप्रगतिका बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण प्राधिकरणको २३० मेगावाट र निजी क्षेत्रले मैलुङ खोलाबाट उत्पादन गर्दै आएको १० मेगावाट गरी २४० मेगावाट विद्युत उत्पादन बन्द भएको जानकारी दिए।

बाढीका कारण सबैभन्दा क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा उनले जानकारी दिए। त्यस्तै ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा पनि धेरै क्षति पुगेको शाक्यले बताए। अन्य आयोजनाबाट बाढी घट्नेबितिकै उत्पादन सुरु हुने भए पनि रसुवागढी र त्रिशूली थ्री ए बाट विद्युत् उत्पादन गर्न केही समय लाग्ने देखिएको उनले जानकारी दिए।

त्यस्तै आफ्नो सय दिनको कार्यका बारेमा जानकारी गराउँदै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको १४ अर्ब भुक्तानी दायित्व रहेकाले छोटो समयका लागि केही लिन लागिएको बताए। उनले रकम अभावकै कारण हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन नसकिएको जिकिर गरे।

उनले आफ्नो कार्यकालको सय दिनमा प्राधिकरणको आधारभूत सुधार र दीर्घकालीन योजनाको थालनी गरेको भन्दै यसलाई तीव्र गतिमा अघि बढाइने बताए। त्यस्तै गुणस्तरीय विश्वसनीय र भरपर्दो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निजगढ-पोखरीया, बालाजुदेखि महराजगञ्ज हुँदै सिंहदरबार, दुधकोशी प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु गरिएको उनले बताए।

प्रकाशित: २४ असार २०८२ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast