राप्रपा-रास्वपाले आज पनि गरे संसद् बहिष्कार

हिमाल प्रेस २४ असार २०८२ १३:३६
18
SHARES
राप्रपा-रास्वपाले आज पनि गरे संसद् बहिष्कार फाइल तस्बिर / रासस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै संसद् बैठक बहिष्कार गरेका छन् ।

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि गठित पूर्वमुख्य सचिव शंकरदास वैरागी नेतृत्वको समिति अस्वीकार गरेका दुबै दलहरूले मंगलबार एकसाथ बैठक बहिष्कार गरेका हुन् ।

बैठकको सुरुवातमै रास्वपाका तर्फबाट सांसद सोविता गौतम र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टीका तर्फबाट धारणा राख्दै संसद् बहिष्कारको घोषणा गरेका थिए ।

यसअघि सोमबारको बैठकमा रास्वपाले वेल घेराउ गरेको थियो भने राप्रपाले बहिष्कार गरेको थियो । दुवै दल जेठ १३ गतेदेखि लगातार संसद्मा भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने र गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित: २४ असार २०८२ १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast