सरकारको खर्च १२ खर्ब ८२ अर्ब, मौज्दात तीन खर्ब ३९ अर्ब रुपैयाँ

हिमाल प्रेस २४ असार २०८२ १२:३०
8
SHARES
सरकारको खर्च १२ खर्ब ८२ अर्ब, मौज्दात तीन खर्ब ३९ अर्ब रुपैयाँ

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा नेपाल सरकारले १२ खर्ब ८२ अर्ब ९४ करोड रुपैयाँ खर्च गरेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको प्रतिवेदनअनुसार समीक्षा अवधिमा चालु खर्च ८ खर्ब ५१ अर्ब ५८ करोड रुपैयाँ, पुँजीगत खर्च एक खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च दुई खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।

राजस्व परिचालन १० खर्ब १६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। यसअन्तर्गत कर राजस्व नौ खर्ब १८ अर्ब र गैरकर राजस्व ९८ अर्ब आठ करोड रुपैयाँ परिचालन भएको छ।

२०८२ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा तीन खर्ब ३९ अर्ब ९८ करोड नगद मौज्दात छ। २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड थियो।

प्रकाशित: २४ असार २०८२ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast