
भुम्लिचोक, गोरखा- गण्डकी गाउँपालिकाले त्रिशूली नदीमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिका कार्यालयले सूचना जारी गर्दै रसुवास्थित त्रिशूली नदीको जलाधार क्षेत्रमा भारी वर्षा भएपछि नदीमा पानीको बहाव असामान्य रूपमा बढेको जनाएको छ। जसकारण गण्डकी गाउँपालिकाअन्तर्गतका त्रिशूली तटीय क्षेत्रहरूमा जुनसुकै बेला बहाव अझै बढ्न सक्ने सम्भावना रहेको सूचनामा उल्लेख छ।
‘नदी किनारमा कुनै पनि किसिमका क्रियाकलाप नगर्नुहुन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।
प्रकाशित: २४ असार २०८२ ११:३८
प्रतिक्रिया