बाढी प्रकोपका हिसावले रसुवा ‘अति उच्च जोखिम’मा, त्रिशूलीमा उच्च सतर्कता अपनाउनुपर्ने

हिमाल प्रेस २४ असार २०८२ १०:३३
8
SHARES
बाढी प्रकोपका हिसावले रसुवा ‘अति उच्च जोखिम’मा, त्रिशूलीमा उच्च सतर्कता अपनाउनुपर्ने

काठमाडौँ- जल तथा मौसम विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले ७७ जिल्लामध्ये रसुवा अति उच्च जोखिममा रहेको जनाएको छ।

गए राति भोटेकोशी नदीमा बाढीले क्षति पुर्‍याउँदा रसुवास्थित रसुवागढीमा ठूलो क्षति भएको थियो। सोही बाढीका कारण अहिले पनि १८ जना बेपत्ता छन्। रसुवा जिल्ला भएर बहने ससाना नदीमा बहाव बढ्ने र आकस्मिक बाढी आउने महाशाखाले जनाएको छ।

रसुवाका सीमावर्ती जिल्ला नुवाकोट, धादिङ र आसपासका जिल्ला समेत जोखिममा छन्। अन्य जिल्लाको भने स्थिति सामान्य छ। नदीका हिसावले आज नारायणी नदी जलाधारको त्रिशुली उपजलाधार अन्तर्गत भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठूलो बाढी प्रवेश गरेको छ।

विभागका अनुसार भोटेकोशीस्थित रसुवा-स्याप्रुवेसी जलमापन केन्द्रमा आज बिहान ३:३० बजे बाढी बढेको छ। उक्त बाढी बिहान ५ बजे त्रिशुली स्थित वेत्रावती पुगेको विभागले जनाएको छ।

बेत्रावती केन्द्रमा बहाब करिब साढे २ मिटर बढेको र हाल केही घट्दो क्रममा रहेको देखिन्छ। प्रारम्भिक रूपमा यस बाढीको प्रभाव त्रिशुली नदीको बुढी गण्डकी दोभान (वेनिघाट) आसपास सम्म पर्ने देखिएकोले आज दिउँसो सम्मै सतर्कता जरुरी देखिएको छ।

बाढी पूर्वानुमान शाखाले यस घटनाको अनुगमन गरिरहेको छ र सम्भावित कारणको अध्ययन सुरु गरेको छ। आज बिहानको मापन अनुसार कोशी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तह भन्दा तल रहेको छ।

प्रकाशित: २४ असार २०८२ १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast