कुलिङ पिरियडको चलखेलका विषयमा छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक बस्दै

हिमाल प्रेस २४ असार २०८२ ९:३८
20
SHARES
कुलिङ पिरियडको चलखेलका विषयमा छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठक बस्दै

काठमाडौँ- निजामती सेवा विधेयकमा कुलिङ पिरियडको समय हटाउन चलखेल गर्नेको छानबिनका लागि बनेको संसदीय छानबिन समितिको पहिलो बैठक आज बस्दैछ। सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनमा समितिको बैठक दिउँसो १२ बजे बस्दैछ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।

समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन् । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य छन् ।

नेपाली कांग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन्।

प्रकाशित: २४ असार २०८२ ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast