
काठमाडौँ- आज बिहानै त्रिशूली नदीको तटीय क्षेत्रमा दुई व्यक्ति अड्किएको खबर फैलियो। सामाजिक सञ्जालमा व्यापक रूपमा प्रचार गरिएको दुईजना नुवाकोटस्थित विदुरका बासिन्दा हुन्।
राष्ट्रिय विपद् प्राधिकरणका अनुसार उनीहरू को विदुर नपा -१ लभ डाडा मिलन चौतारा बस्ने वर्ष ६७ को पाल्देन तामाङ र श्रीमती वर्ष ६२ को मंगली तामाङ थिए। प्राधिकरणका अनुसार चीनमा भएको वर्षाको कारण एक्कासी त्रिशूली नदीमा आएको बाढीमा फसेकोमा अहिले दुवैजनाको उद्धार भइसकेको छ।
उनीहरू दाउरा काट्न बिहानै त्रिशूली तटमा पुगेका थिए।
नुवाकोट, विदुर नपा -१ लभ डाडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र श्रीमती बर्ष ६२ को मंगली तामाङ त्रिशुली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको बर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेकोमा अहिले दुवैजनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको। pic.twitter.com/OR3AETJgGo
— NDRRMA (@NDRRMA_Nepal) July 8, 2025