त्रिशूलीमा फसेका दुईजनाको हेलिकप्टरमार्फत उद्धार

हिमाल प्रेस २४ असार २०८२ ८:१५
20
SHARES
त्रिशूलीमा फसेका दुईजनाको हेलिकप्टरमार्फत उद्धार त्रिशूलीमा फसेका दुईजनाको हेलिकप्टरमार्फत उद्धार गरिँदै। तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ- त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका थिए। उनीहरूको केहीबेर अघि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेका थिए।

हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । असार २४ गते बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित: २४ असार २०८२ ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast