मौसम विभागले भन्यो : त्रिशूली नदीमा जलसतह बढेको छ, सतर्कता अपनाउनुहोला

हिमाल प्रेस २४ असार २०८२ ७:३९
10
SHARES
मौसम विभागले भन्यो : त्रिशूली नदीमा जलसतह बढेको छ, सतर्कता अपनाउनुहोला

काठमाडौँ- त्रिशूली नदीमा जलसतह बढ्दा जोखिम निम्तिएको छ। जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान ६:१० बजे जारी गरेको सूचनामा पानीको सतह अझै बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ।

बाढीको सम्भावनालाई मध्यनजर गर्दै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले नदी आसपासका जोखिमयुक्त क्षेत्रहरूमा आकस्मिक बाढीको सम्भावना रहने भएकाले सावधानी अपनाउन तथा आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्रिशूली नदी रसुवा, नुवाकोट, धादिङ जिल्ला हुँदै बग्ने गर्छ ।

प्रकाशित: २४ असार २०८२ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast