बढ्यो डलर, अरू मुद्राको मूल्यमा कुस्तो पर्‍यो हलचल?

हिमाल प्रेस २४ असार २०८२ ६:३३
12
SHARES
बढ्यो डलर, अरू मुद्राको मूल्यमा कुस्तो पर्‍यो हलचल?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने सस्तिएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा छ। हिजो र अस्ती स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।

हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा थियो। आज युरो एकको खरिददर १६० रुपैयाँ ७३ र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ५९ र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा थियो।

आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ५८ र बिक्रीदर १८७ रुपैयाँ ४० पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १५ र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ४९ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा थियो।

कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५० रुपैयाँ ८४पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १३ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २० पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २४ पैसा थियो।

प्रकाशित: २४ असार २०८२ ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast