शिकारीवासमा फोन गर्न रुख चढ्नुपर्ने !

हिमाल प्रेस २३ असार २०८२ २०:३७
14
SHARES
शिकारीवासमा फोन गर्न रुख चढ्नुपर्ने ! एआईको सहयतामा बनाइएको सांकेतिक तस्बिर।

वीरगञ्ज (पर्सा)- विकट गाउँका रुपमा परिचत यहाँको ठोरी गाउँपालिका-३, शिकारीबासका करिब ७० घरधुरी अझै टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित छन्।

ठोरीको हुलाकी सडकबाट करिब ६ किलोमिटर भित्री भागमा पर्ने शिकारीवनसका सर्वसाधारण टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएको स्थानीय भरत महतो थारुले गुनासो गरे।

टेलिफोनको टावर नटिप्दा फोन सम्पर्क गर्न नसकिने उनले बताए। ‘यहाँ फोन नटिप्ने पुरानै समस्या हो,’ उनले भने, ‘टेलिफोनजस्तो अत्यावश्यक सेवाबाट वञ्चित हुनुपरेको छ।’ मोबाइलमा टावर उपलब्ध गराउन रुख चढ्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शिकारीबासमा टेलिफोन र इन्टरनेट सेवाको आवश्यक प्रबन्ध मिलाउन नेपाल टेलिकम प्रादेशिक कार्यालय वीरगञ्जलाई निर्देशन दिए। ‘अबको डेढ महिनाभित्र आवश्यक संरचना तयार पारेर टेलिफोनजस्तो अत्यावश्यक सेवा सुचारु गर्नेतर्फ आवश्यक गृहकार्य गर्नुहोस्,’ उनले भने, ‘प्रशासनको तर्फबाट गर्नुपर्ने सबै खालको सहयोग गरिनेछ।’

नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीले ठोरीको टेलिकम टावरको क्षमता अभिवृद्धिदेखि फाइबरमार्फत शिकारीबासमा नेटवर्कको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। ‘जंगलको मध्यभागको वस्ती भएकाले नेटवर्कको समस्या देखिएको हो,’ उनले भने, ‘अत्यावश्यक उपकरण जडान गरेर फोन र इन्टरनेट उपलब्ध गराउने प्रयास गर्नेछौँ।’ रासस

प्रकाशित: २३ असार २०८२ २०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast