वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

हिमाल प्रेस २३ असार २०८२ १९:०२
20
SHARES
वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन्।

सोमबार उनले प्रधानमन्त्रीको सिफारिसमा भोजपुरको भोजपुर नगरपालिका–८ का नेपाललाई परिषद् सदस्यमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरिएको जानकारी दिएकी छन्।

प्रकाशित: २३ असार २०८२ १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast