नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट आगामी असोजमा

हिमाल प्रेस २३ असार २०८२ १८:५५
16
SHARES
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट आगामी असोजमा

काठमाडौँ– नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट प्रतियोगिता आगामी असोजमा काठमाडौँमा आयोजना हुने भएको छ।

डीजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौँको तल्लो मुलपानी मैदानमा स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो।

प्रतियोगितामा ७ वटा टिम सहभागी हुने र कुल २२ खेल खेलाइने नेपाल स्ट्रिट प्रिमियर लिगका अध्यक्ष ज्ञानु सिंहले जानकारी दिए।

सिंगल राउन्ड रोबिन लिगका आधारमा खेलाइने लिगमा शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्ने उनले बताए। अध्यक्ष सिंहले विजेता टिमले २९ लाख रुपैयाँ तथा उपविजेता टिमले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जानकारी दिए।

प्रतियोगितामा सहभागी हुन टिम खरिद गर्नुपर्ने र खेलाडीको अक्सन हुने आयोजकले जनाएको छ। यसैबीच आयोजकले प्रतियोगिताको ब्रान्ड एम्बेसडरको रुपमा नायक निखिल उप्रेतीलाई आवद्ध गरेको छ।

प्रकाशित: २३ असार २०८२ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast