रेलको ठक्करबाट एक जनाको मृत्यु

हिमाल प्रेस २३ असार २०८२ १८:३०
56
SHARES
रेलको ठक्करबाट एक जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ– जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट सोमबार देउरी परवाहा स्टेशनदेखि पूर्व रेल्वे लिकमा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरीका प्रवक्ता वरुणबहादुर सिंहका अनुसार, जयनगर जनकपुर कुर्था रेल्वेमा लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय विनोद साहको रेलको ठक्करबाट मृत्यु भएको हो।

कानमा ‘इयरफोन’ लगाएर रेल्वे लिकमा हिँडिरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। हर्न बजाए पनि नसुन्दा उनको रेलले ठक्कर दिइ ज्यान गएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ असार २०८२ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast