सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

हिमाल प्रेस २३ असार २०८२ १७:५८
16
SHARES
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गरेका छन्।

न्याय परिषद्ले सिफारिस गरी संसदीय सुनुवाई समितिबाट अनुमोदन भएका तीन जनालाई राष्ट्रपति पौडेलले सोमबार न्यायाधीश नियुक्त गरेका हुन्।

सर्वोच्चको न्यायाधीश नियुक्त हुनेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति सिंह थापा रहेका छन्।

पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: २३ असार २०८२ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast