विलासिता करको विरोधमा सुनचाँदी व्यवसायीको धर्ना

हिमाल प्रेस २३ असार २०८२ १७:३४
16
SHARES
विलासिता करको विरोधमा सुनचाँदी व्यवसायीको धर्ना

काठमाडौँ- सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै मोरङका सुनचाँदी व्यवसायीहरुले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयअगाडि धर्ना दिएका छन्।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यो व्यवसाय थप संकटमा पर्ने भएकाले उक्त करको व्यवस्था फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरुले ¥यालि निकालेर विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयअगाडि करिब ३ घण्टा धर्ना दिएका हुन्।

२ प्रतिशत विलासिता कर हटाउनुपर्ने, रत्न तथा आभुषणमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनचाँदी कारोबार निर्देशिका जारी गर्नुपर्ने तीन बुँदे माग राख्दै उनीहरुले आन्दोलन गरिरहेका हुन्।

विगत दुई साता देखि आन्दोलन गर्दा पनि व्यवसायीको कुरा नसुनेकाले प्यान नै खारेज गरेर बस्ने तयारी गरेको सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभुषण साहले बताए। उनले सुनचाँदी व्यावसायलाई संकटकाल घोषणा गर्नुपर्ने अवस्था आएको जिकिर गरे।

धर्ना कार्यक्रममा मोरङका विभिन्न पालिकाका सुनचाँदी व्यवसायीहरु, कर्मचारी र कालिगढहरुको सहभागिता रहेको थियो। उनीहरुले आप्mना मागहरु पुरा नभए सम्म आन्दोलन गरिरहने चेतावनी दिएका छन्।

प्रकाशित: २३ असार २०८२ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast