राजनीतिक स्थायित्वमार्फत सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु साझा दायित्व हो : राष्ट्रपति

हिमाल प्रेस २३ असार २०८२ १७:०५
36
SHARES
राजनीतिक स्थायित्वमार्फत सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नु साझा दायित्व हो : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन्।

मानव अधिकार तथा शान्ति समाजले सोमबार शितल निवासमा आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ समपर्ण समारोहलाई सम्बोधन गर्दै उनले सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति आम नागरिकमा गराउन जरुरी रहेको बताए।

राष्ट्रपति पौडेलले सबैले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिकारुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको बताए।

उनले सामाजिक न्यायका लागि मानव अधिकार तथा शान्ति समाजको अभियान र योगदान महत्वपूर्ण रहेको भन्दै नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र शान्ति प्रक्रियामा समाजले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

कार्यक्रममा शान्ति समाजले प्रदान गर्ने कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ बाट सामाजिक न्यायका अभियान्ता एवं पूर्व राजदूत पदम सुन्दासलाई पुरस्कृत गरिएको थियो।

प्रकाशित: २३ असार २०८२ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast