भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

हिमाल प्रेस २३ असार २०८२ १५:१४
14
SHARES
भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौँ- भिजिट भिसा प्रकरणमा संसदीय समितिको माग गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई प्रतिपक्षी दलले बैठक बहिष्कार गरेका छन्।

निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएका थिए।

रास्वपा सांसद मनिष झाले यो सरकार नढलोस् भनी केही महिनाअघि भनेको बताउँदै ‘कुलिङ अफ पिरियड’ का बारेमा सभापतिले संसद्मा प्रस्ताव गरेकोभन्दा फरक विषय पारित हुनु दुःखद् भएको बताए।

‘जुन दलसँग सम्बन्धित दलका नेताका बारेमा प्रश्न उठेको थियो। ती दलका नेताको संयोजकत्वमा समिति गठन नगर्ने सहमति एक वर्षअघि भएको थियो। तर यसपटक त्यसै गर्न खोजिएको छ। यो हामीलाई मान्य छैन,’ उनले भने।

सांसद दीपकबहादुर सिंहले निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को पनि संसदीय समिति बन्न लागेको बताउँदै भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रदेखि तल्लो तहका कर्मचारी जोडिएकाले यस बारेमा छानबिन गर्न संसदीय समितिको माग गरे।

यस विषयमा किन संसदीय छानबिन समिति गठन नगरेको भनी प्रश्न गर्दै उनले राप्रपाले आजको बैठक बहिष्कार गर्ने बताए। रास्वपा र राप्रपाले आजको बैठकबाट बाहिरिएका छन्।

प्रकाशित: २३ असार २०८२ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast