
काठमाडौँ- सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ।
संसदीय समितिले मेघराज पोखरेल, श्रीकान्त पौडेल, शान्तिसिंह थापा, प्रस्तावित महेशकुमार नेपाललाई अनुमोदन गरेको सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।
नेकपा माओवादी केन्द्रले भने बैठक नै बहिष्कार गरेको थियो। व्यक्तिका नाममा आपत्ति नभए पनि समावेशी हुनुपर्ने माग माओवादीको थियो।
प्रकाशित: २३ असार २०८२ १२:०९
प्रतिक्रिया