
काठमाडौँ– ग्लोबल आईएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आइतबारदेखि संसंस्था तथा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ।
म्युचुयल फण्डको प्रति इकाई अंकित मूल्य रु.१० दरको बाह्र करोड इकाई मध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई १.५ प्रतिशत वा अठार लाख इकाई तथा कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैक लिमिटेडका लागि १३.५० प्रतिशत वा एक करोड बैसठ्ठी लाख इकाई बीज पूँजीको रुपमा रहने बैंकले जनाएको छ।
बाँकी न्यूनतम १० करोड २० लाख ईकाईका लागि विभिन्न संघ संस्था/सर्वसाधारणका लागि सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको हो। यस योजनामा संघ संस्था तथा सर्वसाधारणले न्यूनतम एक सय इकाई र अधिकतम एक करोड २० लाख इकाईको आवेदन दिनसक्ने बैंकले जनाएको छ।
यस्ता छन् मुख्य विशेषताहरु :
योजना प्रकार बन्दमुखी योजना
फण्डको नाम ग्लोबल आइएमई म्युचुयल फण्ड
कोषको आकार प्रारम्भिक रु १.२० अर्ब (अत्याधिक माग भएमा रु. १.५० अर्बसम्म)
प्रति इकाई मुल्य रु १०
सर्वसाधारण निष्काशन गरिने इकाई १२ करोड इकाईहरु
न्यूनतम लगानी १०० इकाई
अधिकतम लगानी योजनाको १० प्रतिशत अर्थात १.२० करोड इकाई
योजनाको अवधि इकाई बाँडफाँड मिति देखी १० वर्ष
लाभांश नीति प्राप्त मुनाफाबाट वितरण, बाँकी रकम पून लगानी
सूचीकरण नेपाल स्कट एक्सचेन्ज (नेप्से)मा सुचीबद्ध
प्रारम्भिक लगानी १५ प्रतिशत (फण्ड प्रायोजक र व्यवस्थापक
व्यवस्थापन शुल्क नेट सम्पत्ति मुल्यको १.५० प्रतिशत
डिपोजिटरी शुल्क नेट सम्पत्ति मुल्यको ०.२० प्रतिशत
क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यसअनुसार योजनाका इकाई धनीहरूले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्न सक्ने जनाइएको छ।
यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। क्यापिटलले यस योजनाका इकाईधनीहरूलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने प्रक्षेपण गरेको छ।
ग्लोबल आईएमई म्युचुअल फण्डअन्तर्गत हालसम्म दुई योजनाहरू सञ्चालन भइसकेका छन्।