हिमालप्रेसकर्मी क्षेत्रीलाई मिडिया अवार्ड

हिमाल प्रेस २१ असार २०८२ १९:१५
हिमालप्रेसकर्मी क्षेत्रीलाई मिडिया अवार्ड

काठमाडौँ- हिमालप्रेसकर्मी केशव राना क्षेत्रीलाई मिडिया अवार्ड प्रदान गरिएको छ। कोहलपुर मिडिया हाउसले आफ्नो तेस्रो वार्षिकोत्सव तथा स्मारिका विमोचनको अवसरमा शनिबार क्षेत्रीलाई अवार्ड प्रदान गरेको हो।

उनलाई कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी र कोहलपुर टुडे डट्कमका सम्पादक एकराज शर्माले अवार्ड प्रदान गरेका थिए।

पत्रकार क्षेत्रीले एक दशक भन्दा बढी समय पत्रकारिता क्षेत्रमा योगदानको कदरस्वरुप मिडिया अवार्ड प्रदान गरिएको कोहलपुर मिडिया हाउसका अध्यक्ष डिल्ली शाहीले जानकारी दिए। क्षेत्रीले नागरिक दैनिक, देखापढी डट्कम, लोकान्तर डट्कम, नेपाल समय डट्कम, मिसन टुडे दैनिकलगायतका सञ्चार गृहका काम गरिसकेका छन्।

कोहलपुर टुडेले हरेक वर्ष मिडिया अवार्डसँगै विभिन्न ६ विधामा सम्मान प्रदान गर्दै आएको छ। कार्यक्रममा नियमित पाठकतर्फ विवेक ओली, लेखकतर्फ राकेश दाहाल, सञ्चारकर्मीतर्फ कुशल दलामी, सल्लाहकारतर्फ नारायणप्रसाद गौडेल र कर्मचारीतर्फ समाचारवाचिका कल्पना कार्कीलाई सम्मान गरिएको थियो।

प्रकाशित: २१ असार २०८२ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast