भोजपुर घटना : मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो

हिमाल प्रेस २२ असार २०८२ १८:३६
54
SHARES
भोजपुर घटना : मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो भोजपुरमा भएका हत्या प्रकरणका विषयमा छानबिन गर्दै प्रहरी र घटनास्थल पुगेका स्थानीय।

भोजपुर– शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरुको शव परीक्षण गर्न सदरमुका म ल्याइएको हो।

भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको शनिबार राति हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरुको हत्या गरेपछि अभियुक्तले नै घटनाबारे प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

अभियुक्त राई पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए। जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरी राईलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

मनिषा र राजेन्द्रको ९ महिना अगाडि प्रेम विवाह भएको थियो। झगडा भएपछि केही समयदेखि मनिषा माइतमै बस्दै आएकी थिइन्।

भोजपुर नगरपालिका–२ हैलोछा घर भएका राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौँमा बस्दै आएकाले उनीहरु आएपश्चात् मात्र अन्तिम संस्कार गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: २२ असार २०८२ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast